
३० चैत्र, बाँपिझ्याला, काठमाण्डौं । विधि कम्पनी एप्पलले ९० देशका आफ्ना प्रयोगकर्तालाई फरक तरिकाले साइबर आक्रमण हुन सक्ने भन्दै सचेत गराएको छ ।
एप्पलले प्रयोगकर्ताहरु मेशिनरी स्पाइवयर अट्याक अर्थात डिभाइसमा प्रयोग भएको इन्टरनेटको डाटा चोरेर महत्वपूर्ण जानकारी लिने जस्ता समस्या हुन सक्ने भन्दै सचेत गराएको हो ।

यसले आइफोन प्रयोगकर्ताको बैंक खाता खाली गर्ने जोखिम धेरै भएको एप्पलले जनाएको छ । यो आक्रमण नियमित साइबर आपराधिक आक्रमणहरू भन्दा फरक रहेका र अहिलेसम्म यस्ता घटना कम सङ्ख्यामा मात्रै भएका बीबीसीले जनाएको छ ।
कम्पनीले हालसाले मात्र धेरै प्रयोगकर्ताहरू स्पाइवेयर प्रयोग गरेर आक्रमणको जोखिममा रहेका पत्ता लागेको जनाएको छ । त्यसपछि कम्पनीले प्रयोगकर्तालाई इमेलमार्फत यो खतराबारे जानकारी गराएको खबरमा उल्लेख छ ।
कम्पनीले जोखिममा रहेका ९० देश कुन–कुन हुन् भन्ने जानकारी भने अहिलेसम्म दिएको छैन ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij