Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

एनसेलले आफ्ना ग्राहकहरुको लागि २० प्लान सार्वजनिक

एनसेलले आफ्ना ग्राहकहरुको लागि २० प्लान सार्वजनिक

२ जेठ, बाँपिझ्याला, काठमाण्डौं । एनसेल “सधै अन” डिजिटल भविष्यको पाइला नारा सहित एनसेलले फाईभजी भिजनमा आधारीत २० प्लान आज घोषणा गर्दै पत्रकार सम्मलेन मार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक विज्ञप्तीमा यसो भनेको छ, अव ग्राहकले अनावश्यक रुपमा मोबाईलमा व्यालेन्स काट्ने समस्या झेल्नु पर्ने छैन । “सधै अन” नाम रहेको यस योजनाको मुख्य औचित्य नेपाली ग्राहकहरुलाई आफ्नो ब्यालेन्स खतम हुने डर नगरी डाटा सधैं अन राखेर सशक्त बनाउनु र डिजिटल भविष्यतिर डो¥याउनु रहेको छ ।

नागपोखरी स्थित Marriott Hotel, Naxal नक्सालमा आयोजित पत्रकार सम्मेलनमा “उपभोक्ताका आवश्यकताहरु परिवर्तन हुर्दैछन्, धेरै मोवाईलकर्ताहरुले आफ्ना दैनिक कार्यहरु किनमेल, यात्रा, बैङ्कीङ कारोवार लगायतका धेरैभन्दा धेरै कार्यहरु अनलाईनबाटै गर्ने भएकोले उनीहरुलाई “सधै अन” अनलाईनमा बस्न ईन्टरनेटको आवश्यकता रहेको एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रवन्धक निर्देशक जाब्बोरले भनाई व्यक्त गर्नु भयो ।

करिव २ः३० घण्टा लामो समय पत्रकारहरु विच आफ्नो नयाँ प्लानको बारेमा जानकारीमुलक छलफल गरिएको थियो । पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको विज्ञप्ती निम्नानुसार छ ।

https://youtu.be/ISDMYBRgEHE

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार