
नेपाल सम्वत् ११४५ थिंलागाः १४ ( १४ पुष , २०८१) डिसेम्बर २९, २०२४ , आइतबार, बाँपीझ्याला ।नेपाली बजारमा बीवाईडी अटो इन्डष्ट्री कम्पनीको प्रिमियम ७ सिटर विद्युतीय गाडी, बीवाईडी एम६, को बुकिङ खुला गरिएको छ। नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले यो घोषणा गरेको हो। कम्पनीका अनुसार, बीवाईडी एम६ उत्कृष्ट कम्फर्ट, परफर्मेन्स र सस्टेनेबिलिटी प्रदान गर्ने गरी डिजाइन गरिएको छ।
यस गाडीको सुरुवाती मूल्य ६० लाख १५ हजार रुपैयाँ तोकिएको छ। बुकिङ गर्ने ग्राहकहरूले सीमित समयको लागि १ लाख ५० हजार रुपैयाँ नगद छुट पाउनेछन्। बीवाईडी एम६ मा ७ प्रिमियम सिट, प्यानोरामिक ग्लास रुफ र ५८० लिटरको फ्लेक्सिबल लगेज क्यापासिटी छ। यसमा १०० किलोवाटको हाई(पर्फमेन्स इलेक्ट्रिक मोटर र ४४० किलोमिटरको डब्लुएलटीसी रेन्ज छ, जसले लामो दूरीको यात्रा र अपहिल ड्राइभलाई सहज बनाउँछ।

कम्पनीका अनुसार, बीवाईडी एम६ ले ११५ किलोवाटको फास्ट चार्जिङ सपोर्ट गर्दछ, जसले ३७.४ मिनेटमै ब्याट्रीलाई पूर्ण चार्ज गर्छ। गाडीमा ६ एयरब्याग, एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट, र पार्किङ सेन्सरजस्ता एडभान्स्ड सेफ्टी फिचर रहेका छन्। यसमा १२.८ इन्चको रोटेटेबल इन्फोटेनमेन्ट डिस्प्ले, वायरलेस फोन चार्जिङ, र बीवाईडीको लेभल टु एडास टेक्नोलोजी समावेश गरिएको छ। ग्राहकहरूले डिसेम्बर २४ (पुस ९) सम्म बुकिङ गरेर नगद छुटको फाइदा उठाउन सक्ने कम्पनीले जानकारी दिएको छ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij