Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

भीमबहादुर तामाङको १३औं स्मृति दिवसको अवसरमा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

भीमबहादुर तामाङको १३औं स्मृति दिवसको अवसरमा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

नेपाल सम्वत् ११४५, चिल्लाथ्वः ४ चौठी, (१९ फागुण, २०८१, ३ मार्च, २०२५) सोमबार, बाँपीझ्याला । नेपाली कांग्रेसका नेता स्व. भीमबहादुर तामाङको १३औं स्मृति दिवसको अवसरमा प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ।

नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ले आयोजना गर्ने प्रतियोगिता चैत १३ गते सुरु हुनेछ ।

कांग्रेस दोलखा प्रदेश क्षेत्र नम्बर ‘क’का सभापति शुक्रराज तामाङका अनुसार बैतेश्वर गाउँपालिका-२ मिर्गे लहरेमानेमा प्रतियोगिता हुनेछ ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ भलिबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगिता अवधिभर विभिन्न सांस्कृतिक कार्यक्रमसमेत हुने तामाङले जानकारी दिए। प्रतियोगिता चैत १६ गते सम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार