Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

आन्दोलन

आन्दोलन

रोहन र  कृष्ण एकदमै  घनिष्ट  मित्र हुन्।  एकदिन  बिहानै रोहनले देशको  बिग्रदै गएको  अवस्था  देखेर  कृष्णलाई आन्दोलनको लागि माईतीघर मण्डेलामा आउनु भनी खबर गर्दै भने कृष्ण भोलि  माईतीघर मण्डेलामा  आन्दोलनको कार्यक्रम छ। कार्यक्रममा भाग लिन आउनु है ज्!


आन्दोलन चाहिँ केको विषयमा हो  नि  कृष्णले रोहनलाई सोध्यो।
देशमा नयाँ परिवर्तन  ल्याउन । रोहनले भन्यो ।


खोई!  म त छाँटकाँट देख्दिन हो  रोहन। यहाँ राम्रो काम गर्नेलाई कामै गर्न दिँदैनन्। जसरी हुन्छ  खुट्टा तानेर भीरबाट लडाउनै खोज्छन्। नेताहरु एक अर्कामा अनेक लाञ्छना लगाएर महाभारतको युद्ध गर्छन्।अनि रोष्टमभित्रै कुर्सीको  हानाहान  गर्छन् ।जे मनलाग्यो त्यही बोल्छन्।आफ्नो गल्ती स्वीकार गर्दैनन् ।यस्तो दृश्य देख्दा मलाई  त घृणा लागेर आउँछ।
यस्तो  होइन कृष्ण ।अब तिमी  हामी  युवापुस्ताहरु मिलेर देशलाई स्वर्ग बनाउनुपर्छ । डेट स्पाएर भएका बुढाखाडा नेताहरुलाई राखेर कुनै काम छैन।  हामी नयाँ पुस्ताहरु मिलेर देशमा सुशासन  चलाउने हो । बुझ्यौ निरुत्यसैले  तिमी आउनैपर्छ  यो  आन्दोलनमा !

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार