Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

भाद्र पन्ध्र : पुस्तकालय दिवस

भाद्र पन्ध्र : पुस्तकालय दिवस

 

भाद्र पन्ध्र  गते उन्नाइसौँ पुस्तकालय दिवस । 

" बाल, युवा र वृद्ध : पुस्तकालय सबैको गन्तव्य " आदर्श  वाक्यको साथ पुस्तकालय दिवस  भव्य तरिकाले  मनाइँदै थियो ।हलमा गन्यमान्य व्यक्तित्वहरूको भरिभराउ उपस्थिति थियो । 


स्वागत मन्तव्य , भाषण ,सन्मान,पुरस्कार आदि वितरण हुँदै थियो । सबैको गुणगान पनि भइ राखेको थियो । ताली बजे बजै थियो ।
मुख्य अतिथिज्यूलाई भाषणको लागि  उद्घोषकले मञ्चबाट उद्घोषण गर्दै थियो । अचानक कताबाट एउटा पुरानो ग्रन्थ मञ्चमा टुप्लुक्क आइपुग्यो । एक्छिन सब छक्क परे , सबैको ध्यानाकर्षण  उक्त ग्रन्थमा पर्‍यो । 


उद्घोषकले आफूलाई  समाल्दै  प्रश्न  गर्‍यो " तिमी को हौँ  र किन आएको ?"
ऊ मुस्कुरायो र प्रति  प्रश्न  गर्‍यो " आज पुस्तकालय दिवस  अनि पुस्तकालयकर्मीले नै मलाई  नचिन्ने ?" 

उद्घोषक  अलमल पर्‍यो , त्यो देखेर ग्रन्थ आफै बोल्यो " हामी बिनाको पुस्तकालयको केही  महत्व  हुँदैन  ।"
ऊ फेरि बोल्यो " म यहाँ  हामी सबैको तर्फबाट केही कुरा राख्न आएको  छुँ  । प्रविधिको  विकासले हामी ओझेलमा परेका छौँ । यसमा उसको दोष हैन मानिसहरूको दोष छ । सबले अनलाइन र डिजीटल भनेर हामीलाई  पन्छाउँछन्  , हाम्रो  महत्त्व  नै गर्दैनन् ।"
" अब के गर्नु पर्‍यो त ?"


" हामीहरू कति यस्ता ग्रन्थ पनि छौँ । जुन विश्वदस्तावेज सूचीमा  सूचीकृत भएका  विश्वले चिन्ने तर यहाँ उपस्थित  कसैले नचिन्ने  । अत  यस अवसरमा हाम्रा त्यस्ता साथीहरूको  पनि सबलाई सन्मान , पुरूस्कृत गरे जसै , समीक्षा  गर्नु पर्‍यो । अनि मात्र यस दिवसको अर्थ हुन्छ  नत्र… खै ! जय पुस्तकालय दिवस  ।"
ग्रन्थ हरायो  ।

 

भीमपुस्तकालय दोलखाको भाद्र १५ गते १९ औं पुस्तकालय दिवस थियो । तर भाद्र १० गते रसुवामा आएको विध्वशंकारी बाढीको कारण उक्त कार्यक्रम स्थगित गरिएको हो । यसै सन्दर्भमा लेखीएको एउटा लघुकथा यहाँ प्रस्तुत गरिएको छ ।

सम्पादक ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार