Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

दर खाने दिन : एउटा भालेको कथा

दर खाने दिन : एउटा भालेको कथा

आज दर खाने दिन। पल्लो घरका शंकर लाहुरबाट घर फर्किएका छन्। त्यसैले पल्लो घरमा दर खाने तयारी भव्य छ। घर आँगन सजाइएको छ। तीजका गीत र नाचगानले वातावरण रमाइलो बनेको छ। भान्छामा थरीथरीका परिकार पाकिरहेका छन्। छिमेकी दिदीबहिनीहरू पनि सजिएर दर खान जम्मा भएका छन्।

यता सीताको घरमा भने आफ्नो गच्छेअनुसार दर पाक्दै छ।

स्कुलबाट फर्केकी छोरी कपडा फेर्दै भान्छामा पसिन्।

“आमा ! आमा ! भोक लाग्यो। दर खाने होइन ? आज त मिठो खान पाइन्छ होला नि ?”

सीताले मुस्कुराउँदै भनिन्,
“हो नि। आज मिठो छ। तारतुर पारेर घ्यू र चिनी हालेर पकाउँदै छु। आलुको पक्कु पनि छ।”

छोरीले भान्छामा पाकिरहेको खानेकुरा नियालिन् र मुख बिगार्दै भनिन्,
“फेरि आज पनि त्यही कालो कोदोको रोटी ? म त भोकै बस्छु, खान्नँ।”

सीताले सम्झाउँदै भनिन्,
“लौ, तिमी स्कुल जाने मान्छे। कोदोले हाम्रो शरीरलाई कति फाइदा गर्छ भन्ने थाहा छैन ? अरू खानेकुरा आँखाले हेर्दा मिठो देखिएला, जिब्रोलाई स्वाद देला, तर स्वास्थ्यका लागि कोदो निकै राम्रो हुन्छ। अहिले त सम्पन्न मानिसहरूले पनि कोदो किनेर खान थालेका छन्।”

तर छोरी मानिनन्।

“जेसुकै होस्। आज त म यो मरिगएँ पनि खान्नँ। बरु पल्लो घर काकाको पकवानको वासना सुँघेरै अघाउँछु।”

छोरीको कुरा सुनेर सीताको मन चस्कियो। आफ्नो हैसियतअनुसार मीठो बनाउन खोज्दा पनि छोरीको चाहना पूरा गर्न नसकेको पीडा उनलाई भयो। अनेक तरिकाले सम्झाउँदा पनि छोरी खान तयार भइनन्।

झमक्क साँझ पर्न थालिसकेको थियो। छोरीको घुर्काइ सुनेर हर्के पनि लुसुक्क घरबाहिर निस्किए।

सीता भने छोरीलाई कसरी सम्झाउने होला भनेर सोचिरहेकी थिइन्।

केही बेरपछि हर्के झोलाभरि सामान बोकेर घर आइपुगे।

“लौ, दर पकाउने सामान अनि आमा–छोरीका लागि केही नयाँ कपडा पनि ल्याएँ।”

छोरीको अनुहार एकाएक उज्यालियो। ऊ दङ्ग पर्दै सामान लिएर भित्र पसिन्।

सीता भने छक्क परेर हर्केलाई हेरिरहिन्।

हर्केले लामो सास फेर्दै भने,
“भोलिदेखि भाले नबास्ने भयो।”

सीताले केही बुझिनन्।

हर्केले फेरि मुस्कुराउँदै भने,
“दशैंलाई गर्जो टार्न भनेर राखेका दुवै भालेमध्ये एउटा आजको गर्जो टार्‍यो। अर्को पनि अब धेरै दिन टिक्ला जस्तो छैन।”

सीताको अनुहारमा हाँसो र पीडा एकैपटक देखियो।

पल्लो घरमा तीजको दर रमझमसँग चलिरहेको थियो। गीत घन्किरहेका थिए, परिकारको सुगन्ध फैलिरहेको थियो।

तर सीताको घरमा भने एउटा भाले बेचेर ल्याएको दरले परिवारको चाडपर्व धान्दै थियो।

त्यो दिन सीताले छोरीलाई कोदोको रोटीको महत्व मात्र बुझिनन्, गरिबीमा चाडपर्व मनाउनुको पीडा पनि बुझाइन्।

छोरीले आमाको अनुहार हेरिन्। केही बेर अघिसम्म नाक खुम्च्याएर बसेकी उनी चुपचाप भान्छातिर लागिन्।

“आमा... आज कोदोको रोटी पनि खान्छु।”

सीताको आँखामा आँसु टिलपिलाए।

तीजको गीतको आवाजसँगै उनको मनमा एउटै कुरा गुञ्जियो—

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार