Aug 21 2026 | २०८३, भाद्र ५ गते

Aug 21 2026 | २०८३, भाद्र ५ गते

छिमेकीको खुकुरी प्रहारबाट दोलखामा एक युवक घाइते, आरोपी पक्राउ

छिमेकीको खुकुरी प्रहारबाट दोलखामा एक युवक घाइते, आरोपी पक्राउ

नेपाल सम्वत् ११४६, तछलागाः ९ नवमी (२५ अषाढ, २०८३, ०९ जुलाई, २०२६) बिहीबार, बाँपिझ्याला । दोलखाको भीमेश्वर नगरपालिका–७ मा छिमेकीले खुकुरी प्रहार गर्दा एक युवक घाइते भएका छन्।

प्रहरीका अनुसार स्थानीय २८ वर्षीय दीपक ठकुरी आफ्नै घरको आँगनमा रहेका बेला सोही स्थानका ४३ वर्षीय हरीबहादुर शाहीले विवादका क्रममा खुकुरी प्रहार गरेका हुन्।

खुकुरी प्रहारबाट घाइते भएका ठकुरीको चरिकोटस्थित पशुपति चौलागाईं अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

घटनापछि फरार हुन नपाउँदै प्रहरीले खुकुरी प्रहार गर्ने हरीबहादुर शाहीलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार