Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइसँगै शिक्षक उदया मास्केको बिदाइ

सामाजिक परीक्षण तथा सार्वजनिक सुनुवाइसँगै शिक्षक उदया मास्केको बिदाइ

नेपाल सम्वत् ११४६, गुंल्लागाः ६, षष्ठी (१८ भाद्र २०८३, ३ सेप्टेम्वर २०२६) बिहीबार, बाँपिझ्याला । भीमेश्वर नगरपालिका–२ स्थित श्री तिखातल प्राथमिक विद्यालयले सामाजिक परीक्षण, सार्वजनिक सुनुवाइ तथा शिक्षक उदया मास्केको बिदाइ कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यालयको शैक्षिक, प्रशासनिक तथा आर्थिक गतिविधिबारे सरोकारवालालाई जानकारी गराइएको थियो। सार्वजनिक सुनुवाइमार्फत अभिभावक, स्थानीयवासी तथा शिक्षा सरोकारवालाले विद्यालयको सेवा प्रवाह, शैक्षिक गुणस्तर र भावी योजनाबारे सुझाव दिएका थिए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, अभिभावक, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले विद्यालयको प्रगति, चुनौती तथा आगामी कार्ययोजनाबारे खुला छलफल गरेका थिए।

सोही अवसरमा लामो समयदेखि विद्यालयमा सेवा पु¥याउँदै आउनुभएका शिक्षक उदया मास्केलाई सम्मानपूर्वक बिदाइ गरिएको थियो। विद्यालय परिवारले उहाँको शैक्षिक योगदानको प्रशंसा गर्दै मायाको चिनो प्रदान गरेको थियो।

वक्ताहरूले शिक्षक मास्केले विद्यालयको शैक्षिक विकास, विद्यार्थीको सिकाइ उपलब्धि तथा अनुशासित वातावरण निर्माणमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै आगामी जीवन सफल र सुखद रहोस् भन्ने शुभकामना व्यक्त गरेका थिए।

बिदाइ कार्यक्रममा शिक्षक मास्केले विद्यालय परिवार, विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायप्रति आभार व्यक्त गर्दै आफूले यहाँ बिताएको समय सदैव स्मरणीय रहने बताउनुभयो।

कार्यक्रमको समापन विद्यालयको समग्र विकासका लागि समुदाय, अभिभावक र विद्यालयबीचको सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धतासहित गरिएको विद्यालयले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार