Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा अधिवेशन सम्पन्न

नेपाल सम्वत् ११४६, यंलाथ्वः ९, नवमी (४ असोज २०८३, २० सेप्टेम्वर, २०२६) आईतबार, बाँपिझ्याला । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत देशभरका ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भएको छ।

कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार हिजो र आज गरी ७३ जिल्लाका ६ हजार १३२ वडामा वडा अधिवेशन सम्पन्न भएको हो। अधिवेशनबाट वडा कार्यसमिति चयन हुनुका साथै क्षेत्रीय प्रतिनिधिसमेत निर्वाचित भएका छन्।

केन्द्रीय निर्वाचन समितिका सदस्य–सचिव राजु कटुवालले जारी गरेको सूचनामा १५औँ महाधिवेशनअन्तर्गत ती वडामा वडा कार्यसमिति चयन र क्षेत्रीय प्रतिनिधिको निर्वाचन सम्पन्न भएको जानकारी दिइएको छ।

समितिका अनुसार केही जिल्लामा भने प्राकृतिक विपद्का कारण वडा अधिवेशन सम्पन्न हुन सकेको छैन। भदौ १० गते आएको भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लामा वडा अधिवेशन बाँकी रहेको सदस्य–सचिव कटुवालले बताएका छन्।

बाढीबाट प्रभावित जिल्लाको अवस्था र स्थानीय परिस्थितिलाई ध्यानमा राखेर बाँकी वडामा अधिवेशन सम्पन्न गर्ने तयारी भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको वडा अधिवेशनसँगै १५औँ महाधिवेशनको तल्लो तहको सांगठनिक प्रक्रिया अघि बढेको छ। वडा तहबाट निर्वाचित क्षेत्रीय प्रतिनिधिले आगामी महाधिवेशनका लागि प्रतिनिधित्व गर्ने भएकाले वडा अधिवेशनलाई कांग्रेसको महाधिवेशन प्रक्रियाको महत्वपूर्ण चरणका रूपमा लिइन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार