नेपाल सम्वत् ११४६, यंलाथ्वः १०, दशमी (५ असोज २०८३, २१ सेप्टेम्वर, २०२६) सोमबार, बाँपिझ्याला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दोलखाले जिल्लाका नौवटै स्थानीय तहमा संगठन विस्तारलाई तीव्रता दिने भएको छ। जिल्ला समन्वय समितिको बैठकले नौ पालिकाका लागि संयोजक तोक्दै स्थानीय तहमा पार्टीका गतिविधि सञ्चालनको जिम्मेवारी दिएको हो।
बैठकले भीमेश्वर नगरपालिकाको संयोजकमा दिनेश बस्नेत, मेलुङमा कृष्णबहादुर खड्का, बैतेश्वरमा रमेशकुमार श्रेष्ठ, तामाकोशीमा अर्जुन कार्की, जिरीमा प्रभा खाती गिमिरे, बिगुमा ओमकृष्ण आचार्य, कालिञ्चोकमा प्रजिना थापा, शैलुङमा चिरञ्जीवी खरेल र गौरीशंकरमा सुनिता पाण्डेलाई संयोजक तोकेको छ।
रास्वपा दोलखाले जिल्ला सचिवालयसहित संगठन विभाग, अभियान तथा प्रचार विभाग र जिल्ला सल्लाहकार परिषद्समेत गठन गरेको जनाएको छ। संगठन विभागको प्रमुखमा अर्जुन कार्की, उपप्रमुखमा सोभित उप्रेती र सचिवमा निशान बुढाथोकी चयन भएका छन्। अभियान तथा प्रचार विभागको इन्चार्जको जिम्मेवारी ओमकृष्ण आचार्यलाई दिइएको छ।
त्यस्तै, जिल्ला सल्लाहकार परिषद्को अध्यक्षमा बाबुलाल लामा चयन भएका छन्।
नयाँ जिम्मेवारी पाएका पालिका संयोजक तथा विभागीय पदाधिकारीलाई सम्बन्धित स्थानीय तहमा संगठन विस्तार, समन्वय तथा पार्टीका गतिविधि सञ्चालन गर्ने जिम्मेवारी दिइएको जिल्ला सचिव रमेशकुमार श्रेष्ठले जानकारी दिए।
रास्वपा दोलखाको पछिल्लो संगठनात्मक निर्णयसँगै जिल्लाका सबै स्थानीय तहमा पार्टीको संरचना सक्रिय बनाउने तयारी अघि बढाइएको हो।
यसअघि रास्वपा दोलखाको प्रथम जिल्ला अधिवेशनबाट दिनेश बस्नेत जिल्ला सभापतिमा चयन भएका थिए। अधिवेशनबाट कृष्णबहादुर खड्का उपसभापति, रमेशकुमार श्रेष्ठ सचिव र अर्जुन कार्की सहसचिवमा निर्वाचित भएका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij