नेपाल सम्वत् ११४६, यंलाथ्वः ११, एकादशी (६ असोज २०८३, २२ सेप्टेम्वर, २०२६) मंगलबार, बाँपिझ्याला । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक आज पनि जारी रहनेछ। बैठक बिहान ९ बजेबाट ललितपुरको भनिमण्डलस्थित रामवाग पार्टी प्यालेसमा सुरु हुँदैछ।
एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी, अध्यक्षको राजनीतिक प्रतिवेदन, जनतासँगको सम्बन्ध तथा समसामयिक विषयमा आफ्ना धारणा राख्नेछन्।
केन्द्रीय सदस्यहरूलाई आफ्नो धारणा राख्न तीन मिनेटको समय निर्धारण गरिएको छ। अध्यक्ष केपी शर्मा ओलीले सोमबार बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि सदस्यहरूले धारणा राख्ने क्रम पनि आजबाट सुरु हुनेछ।
बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेका नौवटा एजेन्डामध्ये आठवटामाथिको कारबाही आजबाट अघि बढाइने बताइएको छ। त्यसक्रममा केन्द्रीय कमिटीमा सदस्य मनोनयन, विभिन्न विभाग गठन, पोलिटब्युरो तथा स्थायी कमिटी गठनलगायतका विषयमा छलफल तथा निर्णय अघि बढाउने तयारी छ।
त्यस्तै, सल्लाहकार परिषद्, ज्येष्ठ कम्युनिस्ट मञ्च तथा अनुशासनसम्बन्धी विषयमा समेत बैठकले आवश्यक दृष्टिकोण तय गर्ने बताइएको छ।
केन्द्रीय सदस्यहरूको मनोनयनपछि बैठकमा धारणा राख्ने क्रम सुरु हुने जनाइएको छ। पोलिटब्युरो, स्थायी कमिटी लगायतका नेताहरूको जिम्मेवारी बाँडफाँट भने भोलि गर्ने तयारी रहेको एक पदाधिकारीले जानकारी दिएका छन्।
एमालेको तेस्रो केन्द्रीय कमिटी बैठक सोमबारदेखि सुरु भएको हो। पहिलो दिन अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij