नेपाल सम्वत् ११४६, यंलाथ्वः १२, द्वादशी (७ असोज २०८३, २३ सेप्टेम्वर, २०२६) बुधबार, बाँपिझ्याला । नेपाली कांग्रेसले पार्टी सदस्य बन्नका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने वैधानिक व्यवस्था रहेको स्पष्ट पारेको छ।
कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जारी गरेको विज्ञप्तिअनुसार नेपाली कांग्रेसको विधान, २०१७ (एघारौँ संशोधनसहित) को धारा ४ को उपधारा १ (क) (१) मा पार्टी सदस्यका लागि १८ वर्ष उमेर पूरा भएको हुनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थाअनुसार इलामको माइजोगमाई गाउँपालिका–५ को वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित सुजल चापागाईँको जिम्मेवारी स्थगन गरिएको समितिले जनाएको छ। चापागाईँले १७ वर्ष उमेर पूरा गरे पनि १८ वर्ष पुग्न केही महिना बाँकी रहेको विवरण प्राप्त भएपछि विधानअनुसार यस्तो निर्णय गरिएको समितिको भनाइ छ।
समितिका सदस्य–सचिव राजु कटुवालका अनुसार नागरिकताको विवरणअनुसार चापागाईँले आगामी २०८३ माघ १८ गते १८ वर्ष उमेर पूरा गर्नेछन्। त्यसपछि उनले चाहेमा पार्टी सदस्यता कायम गर्न सक्ने समितिले स्पष्ट पारेको छ।
केन्द्रीय निर्वाचन समितिले अन्य जिल्लाका वडा तहका निर्वाचनमा समेत १८ वर्ष उमेर नपुगेका व्यक्ति निर्वाचित भएको पाइएमा उनीहरूको हकमा पनि यही प्रक्रिया लागू हुने जनाएको छ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij