Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

एमाले सचिवालय बैठक सम्पन्न : केन्द्रीय कमिटी मनोनयन र स्थायी कमिटी गठनबारे छलफल

एमाले सचिवालय बैठक सम्पन्न : केन्द्रीय कमिटी मनोनयन र स्थायी कमिटी गठनबारे छलफल

नेपाल सम्वत् ११४६, यंलाथ्वः १३, त्रयोदशी (८ असोज २०८३, २४ सेप्टेम्वर, २०२६) बिहीबार, बाँपिझ्याला ।  नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ। पार्टी केन्द्रीय कार्यालयमा झण्डै चार घण्टा चलेको बैठकमा केन्द्रीय कमिटी सदस्यहरूको मनोनयन तथा स्थायी कमिटी गठनका विषयमा विस्तृत छलफल भएको एमालेका उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै भट्टले सचिवालयमा छलफल भएका नामहरू केन्द्रीय कमिटीबाट अनुमोदन भएपछि मात्रै सार्वजनिक गरिने बताए। उनले एमालेले अन्य राजनीतिक दलबाट पार्टीमा प्रवेश गरेका नेताहरूलाई समेत केन्द्रीय कमिटीमा समेट्ने तयारी गरेको जानकारी दिए।

उनका अनुसार संगठनलाई थप समावेशी, सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले विभिन्न तहका नेताहरूलाई जिम्मेवारी दिने विषयमा पनि बैठकमा विचार–विमर्श गरिएको थियो।

सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनलाई सकारात्मक रूपमा लिँदै त्यसले पार्टीको आगामी कार्यदिशा स्पष्ट पारेको निष्कर्ष निकालेको भट्टले बताए। उनका अनुसार प्रतिवेदनले समसामयिक राजनीतिक परिस्थिति, पार्टी संगठन सुदृढीकरण तथा आगामी रणनीतिबारे नयाँ दृष्टिकोण प्रस्तुत गरेको बैठकको ठहर छ।

एमालेको केन्द्रीय कमिटी बैठकले सचिवालयबाट भएका निर्णय तथा सिफारिसहरूलाई अन्तिम रूप दिने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार