नेपाल सम्वत् ११४७, कौलाथ्वः ९ नवमी, (३ कार्तिक २०८३, २० अक्टोबर, २०२६) मंगलबार, बाँपिझ्याला । दोलखाको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भीमेश्वरमा बडादसैँ २०८३ का अवसरमा ५४२ हाँस तथा कुखुरा, ६१५ बोका र भेडा, १ राँगो बलिपुजा गरिएको छ ।
बलिपूजासम्बन्धी विवरण सार्वजनिक गर्दै सचिव तथा समाजसेवी अधिवक्ता राजेन्द्रनारायण श्रेष्ठले बडादसैँ तथा नवरात्रका विभिन्न दिनमा दिइएको बलिको सङ्ख्या अभिलेखमा समेटिएको जानकारी दिनुभयो।
यस वर्ष शुक्राष्टमी परेका कारण गत वर्षको तुलनामा बलिपूजाको सङ्ख्या केही कम भएको सचिव श्रेष्ठले बताउनुभयो। धार्मिक परम्परा, तिथिमिति र पूजाविधिअनुसार दसैँका विभिन्न दिनमा बलिपूजा गरिने भएकाले यस वर्षको सङ्ख्यामा कमी देखिएको उहाँको भनाइ छ।
बडादसैँ शक्तिस्वरूपा देवीको आराधना गर्ने प्रमुख पर्व हो। यस अवसरमा भक्तजनले आ–आफ्नो धार्मिक तथा सांस्कृतिक परम्पराअनुसार देवीदेवताको पूजाआराधना गर्ने, भेटी चढाउने तथा परम्पराअनुसार बलि दिने चलन रहिआएको छ।
दोलखाको भीमेश्वर क्षेत्र धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ। यहाँ बडादसैँका अवसरमा गरिने पूजाआराधना तथा धार्मिक गतिविधिले स्थानीय मौलिक परम्परा र सांस्कृतिक निरन्तरताको झल्को दिने गरेको छ।
यो विवरण आज मध्यरातमा हुने कालरात्री पूजाको बलीपूजा बाहेकको हो ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij