Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

Nov 16 2026 | २०८३, कार्तिक ३०, गते

कालिञ्चोकमा टनेल खेती, कृषकलाई प्राविधिक सल्लाह

कालिञ्चोकमा टनेल खेती, कृषकलाई प्राविधिक सल्लाह

नेपाल सम्वत् ११४६, कौलागाः ३, द्वितिया (१२ कार्तिक २०८३, २९ अक्टोबार, २०२६) बिहीबार, बाँपिझ्याला । दोलखाको कालिञ्चोक गाउँपालिका–४ स्थित सुन्दरी देवी कृषक समूहका सदस्यले प्लास्टिक टनेल निर्माण गरी व्यावसायिक तरकारी खेती सुरु गरेका छन्। खेतीलाई व्यवस्थित र उत्पादनमुखी बनाउन ग्रामीण विकास टुकी संघ, चरिकोटका वरिष्ठ कृषि प्राविधिक केदार खत्रीले कृषकलाई प्राविधिक परामर्श दिएका छन्।

कालिञ्चोक गाउँपालिकाले प्लास्टिक टनेल निर्माणका लागि कृषक समूहलाई प्लास्टिक उपलब्ध गराएपछि समूहका सदस्यले तरकारी खेती सुरु गरेका हुन्।

कृषि प्राविधिक खत्रीले टनेलमा लगाइएको तरकारी बालीको अवलोकन गर्दै मलखाद व्यवस्थापन, सिँचाइ, गोडमेल तथा रोग र कीरा नियन्त्रणका विषयमा आवश्यक सुझाव दिएका छन्। उनले बालीको अवस्था र आवश्यकताअनुसार उचित कृषि प्रविधि अपनाउन कृषकलाई आग्रह गरेका छन्।

प्लास्टिक टनेलमा खेती गर्दा प्रतिकूल मौसमको प्रभाव कम गर्न, बालीको संरक्षण गर्न तथा उत्पादनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

गाउँपालिकाको सहयोग र प्राविधिक परामर्शबाट कृषकलाई व्यावसायिक तरकारी खेतीमा प्रोत्साहन मिल्ने तथा स्थानीय उत्पादन र आयआर्जन बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।

स्रोतः केदार खत्री, बरिष्ठ कृषि प्राविधक, टुकी संघ, दोलखा ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार