अजय प्रधान,
बाँपीझ्याला, दोलखा । दोलखा जिल्लाको ऐतिहासिक, साँस्कृतीक शहर भीमेश्वर नगरपालीका वडा नं. २ पालचुटीमा बुद्ध बिहार निर्माण हुन लागेको छ । हिन्दु धर्मालम्वीहरुको आस्थाको प्रतिक मन्दिर भने जस्तै बुद्ध धर्मावलम्वीहरुको आस्थाको प्रतिक विहार गुम्वा रहेको छ ।
नव बर्षको शुभारम्भ संगै ऐतिहासिक शहर दोलखामा विहार बनाउने अभियान रहेकोले यही बैशाख २० गते उक्त बन्न लागेको विहारको नामाकरणको लागि पाटन स्थित पद्म वर्ण महायान विहारको आमन्त्रण र आयोजनामा भीमेश्वर नगरपालीका वडा नं. २ माथिल्लो टोलमा दोलखाली समाजसेवी सुनील मास्के, गोपाल प्रधान लगाएत भीमेश्वर नगरपलीका वडा नं. २ को सहभागीता र व्यवस्थापनमा दोलखाली दाजुभाई दिदिबहीनीहरुको सक्रियता र सहभागीतामा कार्यक्रमको आयोजना हुर्दैछ भनी विन्दुराज शाक्यले बताउनु भयो ।

ऐतिहासिक र धार्मीक हिसावले प्रख्यात उपत्यका पछि बाग्लो नेवार जातीको बसोबास रहेको दोलखा शहरमा प्रख्यात भीमेश्वर मन्दिर, त्रिपुरासुन्दरी, बालकुमारी, कालिमन्दीर, लगाएत बिभिन्न नारायण भगवानको मन्दिर, गणेश मन्दिर र टोल टोलमा स्वयम्भु स्तुपा रहेको छ ।
दोलखामा बिहार निर्माण हुन लागेको र यस पुन्य कार्यमा दोलखाली समाजसेवी सुनिल मास्केको सक्रियता र सहभागीता रहेकोले वहाँ संग जिज्ञासा राख्दा वहाँले यही बैशाख २० गते दोलखामा हुन लागेको कार्यक्रम विहार निर्माण हुन लागेको शुभारम्भ शुभ दिन भएको बताउनु भयो । उक्त दिनमा दोलखा शहरको पालचुटीमा निर्माण हुन गईरहेको विहारको नामाकरण गरिने र दोलखा जिल्लावासी लगाएत नेपाली जनताहरुको सुख, शान्ती र समृद्धीको कामना सहित बुद्धपूजाको कार्यक्रमको आयोजना गरिएको हुँदा सम्पूर्ण दोलखावासीलाई उक्त कार्यक्रममा सहभागी हुन सम्पूर्ण दोलखावासीहरुलाई उपस्थित हुन समेत अनुरोध गर्नु भएको छ ।

यसै गरी विश्वमा बढ्दै गईरहेको ग्लोबलाईजेनसको सिलसिलामा दोलखामा यस विहार बन्नमा विशेष सक्रियता साथ लागि परिरहेको बताउनु भयो । जुन कार्यले दोलखाको बुद्ध धर्म र यसको धार्मीक महत्व अनी क्षेत्रमा अझ थप ऊर्जा आउने कुरामा आफु विश्वस्त रहेको भनाई राख्नु भयो ।
समाजसेवी मास्के अगाडी यसरी भन्नु हुन्छ, आजभन्दा ७ बर्ष अगाडी अर्थात सन् २०१४ देखि बुद्धिजम धर्ममा मैले अध्ययन गर्दै आएको छु । यसै सिलसिलामा बुद्ध धर्ममा ध्यान प्राप्त गरि सक्नु भएका गुरुहरु, संग मेरो समन्वय र सम्वन्ध बढ्दै गयो । वास्तवमा भन्ने हो मानविय जिवनको संस्कारको लागि यो धर्म नभई नहुने सिद्ध भई सकेको छ । यसै गरी बुद्धीजमलाई अनुशरण गर्ने हो भने संसारमा तिन खालका बिचारधाराहरु अगाडी बढी रहेको छ । जसमा धर्म, शिक्षा र विपश्यना हो । यो तिनैवटा सिद्धान्त राम्रो र मानव जिवनमा उपयोगी भएको समेत बताउनु भयो ।

पद्वर्ण (महायान) विहारको शाखाको रुपमा स्थापना गर्न लागेको दोलखा स्थित विहारको नामाकरणको लागि पाटनबाट गुरु गुनसागर (Jinpa Gyalso ) सहितको ५ जनाको मुल टोली र पाटन ओकुवहाल निवासी शाक्य खलकहरु १२५ जनाभन्दा बढीको संख्या १९ गते दोलखा जाने र विहारको नामाकरण सं–संगै दोलखा जिल्लावासी लगाएत नेपाली जनताहरुको सुख, शान्ती र समृद्धीको कामना सहित बुद्धपूजाको कार्यक्रमको आयोजना समेत रहेको बताउनु भयो ।
यस बारेमा समाजसेवी गोपाल प्रधानसँग सम्पर्क गर्दा दोलखामा विहार बन्न लागेकोमा आफु खुसी रहेको र यस भन्दा पहीले पनी पाटन ओकुवहालका समाजसेवी एवं जेष्ठ नागरिक पञ्चराज शाक्य र वहाँको छोरा विन्दुराज शाक्य संयोजन अनी शाक्य खलकको सक्रियता र सहयोगमा दोलखा शहरको मनाईने मच्छिन्द्रनाथ रथजात्राको मुर्तिको नयाँ प्रतिमा, त्यस्तै गरी तल्लो विहार्छे स्थित बुद्धको मुर्ती स्थापना गरिएको छ । बुद्धधर्म प्रतिको लगाव र प्रतिमा दिनप्रतिदिन देश विदेशमा फैलिन्दै जोडिएर गएको अवस्थामा दोलखामा यस विहार बने पश्चात बुद्ध धर्मावलम्वीहरु दोलखा भ्रमणमा आउनेमा आफु विश्वस्त रहनुका साथै यसले बुद्ध धर्म प्रतिको आकर्षणलाई टेवा पुग्नुका साथे स्थानिय धर्मप्रति आस्थावान दोलखावासीहरुलाई सहयोग पुग्ने कुरा बताउनु भयो ।

दोलखा शहरमा बन्न लागेको बिहारको नामाकरण र दोलखामा मनाईने रातो मच्छिन्द्रनाथको रथजात्राको अवलोकन समेत गर्नको लागि यस कार्यक्रम उक्त समयमा राखीएको थाहा हुन आएको छ ।
यस बारेमा भीमेश्वर नगरपालीका वडा नं. २ का वडाध्यक्ष विराजमान श्रेष्ठ संग जिज्ञासा राख्दा बुद्ध विहार दोलखा शहरमा बन्नु सकारात्मक रहेको छ । यस पुन्य कार्यले बुद्ध धर्म सम्वन्धी आस्था राख्ने दोलखावासी, दोलखा जिल्लावासी र अनुयायीहरु विच सकारात्मक सन्देश जानेमा आफु विश्वस्त रहेको बताउनु भयो । यस कार्यको लागि दोलखामा आफु र दोलखावासीहरुको तर्फबाट गर्नु पर्ने सहयोग र सक्रियताको लागिी पहल गर्ने समेत बताउनु भयो ।

दोलखामा विहार बनाउनका लागि समाजसेवी सुनिल मास्केले जुन पहल गर्नु भएको छ । त्यस कार्यले दोलखाको ईतिहासमा अर्को ऐतिहासिकता कायम गरेको बताउनु भयो । यस कार्यमा सम्वन्धीत निकाय लगाएत देश भित्र बाहीर बस्नु हुने नेपाली दाजुभाई, दिदिबहीनी, दोलखाका स्थानियवासी, दोलखा जिल्लावासी र बुद्ध धर्मावलम्वीहरुले आ–आफ्नो ठाउँबाट सक्रिय सहभागीता, सहयोग र सद्भाव राखी दिनु हुुन आफु र वडाको तर्फबाट आग्रह गरिएको समेत बताउनु भएको छ ।
े
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij