बाँपीझ्याला, काठमाण्डौं । नुवाकोट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले दिवंगत छोरा प्रकाश दाहालको सालिक अनावरण गरेका छन्। नुवाकोटको पर्यटकीय क्षेत्र ककनीमा निर्मित सालिकको प्रचण्डले अनावरण गरेका हुन्।
ककनी गाउँपालिका–५ टाकुरोमा निर्मित छोरा प्रकाशको सालिक अनावरण गर्दै प्रचण्डले यसबाट पर्वतारोहीहरुको सम्मान र कदर भएको बताए। सर्वोच्च शिखर सगरमाथाको आरोहण समेत गरेका दिवंगत प्रकाशको सालिक ककनीमा आवश्यकता महसुस गरेर बनाइएको उनले बताए।
‘मैले पहिले त यो ठाउँमा प्रकाशको सालिक निर्माण गर्ने सन्दर्भमा कताकता अप्ठ्यारोजस्तो महसुस गरेको थिएँ। यसको उद्देश्य कसैको परिवारलाई सम्बोधन गर्ने नभएर समग्र पर्वतारोहीहरूलाई सम्बोधन गर्ने पनि भएको कारण देशको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणमा भूमिका खेल्ने व्यक्तित्वहरूलाई जोड्ने कुरा रहेका कारण ककनीमा सालिक निर्माण गरिएको हो,ु उनले भने।
ककनीमा प्रकाशको सालिक निर्माणको विषय आफ्नातर्फबाट अनुरोध गरेर नभई पर्वतारोहण संघले आवश्यकता महसुस गरेर बनाइएको उनले बताए। ‘यो प्रकाश दाहालको मात्र सालिक अनावरण भएको मैले ठान्दिनँ, यससँगै सबै आरोहीको सम्मान गर्ने कामको सुरुवात हो,’ उनले भने।
प्रचण्डले पर्वतारोहीको जीवन रक्षा, सम्मान र पर्वतीय पर्यटन विकासका निमित्त नेपालमा पर्यटन विश्वविद्यालयको निर्माण गर्नुपर्ने कुरामा आफू सकारात्मक रहेको बताए। ‘नेपाल पर्वतीय पर्यटनको विकासको निम्ति ककनीभन्दा उर्वर ठाउँ दुनियाँमा कमै भेटिने प्रचण्डको दाबी छ।
कार्यक्रममा स्व. प्रकाश पत्नी तथा पूर्वमन्त्री विना मगरको पनि उपस्थिति थियो। सोही क्षेत्रमा शीलालेख राखेर दिवंगत प्रकाशको जीवनी लेखिएको छ। प्रकाश दाहालको सालिक नेपाल पर्वतारोहण संघले निर्माण गरेको हो। प्रचण्ड पुत्र प्रकाश दाहालको २०७४ साल मंसिर ३ गते निधन भएको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij