बाँपीझ्याला, दोलखा । रुपा स्मृति फाउण्डेसनको सहयोगमा निर्मित ‘रुपा स्मृति पुस्तकालय’ आज सोमबार सदरमुकाम चरिकोटमा एक कार्यक्रमका विच गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटलाई हस्तान्तरण गरेको छ ।

गौरीशङ्कर बहुमुखी क्याम्पसका संस्थापक अध्यक्ष समेत रहनुभएका फाउण्डेसनका संयोजक बरिष्ठ ईन्जिनियर आदरणीय आत्माकृष्ण श्रेष्ठले क्याम्पस सञ्चालक समिति अध्यक्ष राजेन्द्र मानन्धरलाई हस्तान्तरणपत्र थमाएर पुस्तकालय हस्तान्तरण गर्नुभएको हो । पुस्तकालय हस्तान्तरण कार्यक्रममा बोल्नुहुँदै संयोजक श्रेष्ठले पुस्तकालय सबैजना साक्षर व्यक्तिले पढ्न पाउने खुला विश्वविद्यालय भएकोले आफूले निर्माण गर्न सहयोग गरेको बताउनुभयो । उहाँले भन्नुभयो,“अन्य विश्वविद्यालयमा भर्ना भएर पढ्न कम्तीमा १२ कक्षा पास गर्नुपर्छ, पुस्तकालय त्यस्तो विश्वविद्यालय हो जहाँ गएर पढ्न सामान्य लेखपढ गर्न जाने पुग्छ ।”
यसै गरी गौरीशङ्कर क्याम्पसको भौतिक विकासमा वर्तमान सञ्चालक समितिले प्रसंशनीय काम गरेको भन्दै अब शैक्षिक गुणस्तरमा केन्द्रित हुनपर्नेमा जोड दिनुभयो । शैक्षिक गुणस्तर बृद्धिका लागि आफूले सक्दो सहयोग गर्ने समाजसेवी एवं फाउण्डेशनका संयोजक श्रेष्ठले प्रतिबद्धता जनाउनुभयो ।
उक्त रुपा स्मृती पुस्तकालयको उद्घाटन भीमेश्वर नगरपालीकाका नगर प्रमुख ईस्वरनारायण मानन्धर र फाउण्डेशनका सयोजक आत्माकृष्ण श्रेष्ठले संयुक्त रुपमा गर्नु भएको थियो ।
शुभकामना मन्तव्यको क्रममा कार्यक्रमका प्रमुख अतिथी एवं नगरप्रमुख ईस्वरनारायण मानन्धरले क्याम्पसको शैक्षिक विकासका लागि नगरपालिकाले निरन्तर सहयोग रहने बताउनु भयो ।
त्यसैगरी कार्यक्रममा बोल्नुहुँदै क्याम्पस सञ्चालक समितिका अध्यक्ष राजेन्द्र मानन्धरले गौरीशङ्कर क्याम्पसको अबको ध्यान गुणस्तर बृद्धिमा केन्द्रित हुने बताउनुभयो । शैक्षिक विकासबिना सामाजिक विकास सम्भव नहुने उहाँको भनाई छ । गुणस्तरीय शिक्षा नहुँदा पढेर सर्टिफिकेट सिरानीमा राख्ने र परम्परागत खेती किसानीमा लाग्नुपर्ने बाध्यतामुक्त बनाउन गौरीशङ्कर क्याम्पस लाग्ने अध्यक्ष मानन्धरले प्रतिबद्धता जनाउनु भएको छ ।
रुपा स्मृति फाउण्डेसन र गौरीशङ्कर बहुमुखी क्याम्पसबिच २०७८ चैत्र १५ गते भएको सम्झौता बमोजिम फाउण्डेसनले २५ लाख रुपैयाँको लागतमा पुस्तकालय कक्ष निर्माण गरेर क्याम्पसलाई हस्तान्तरण गरेको क्याम्पस प्रमुख शान्त केसीले जानकारी दिनुभयो । गौरीशङ्कर बहुमुखी क्याम्पस सभा सदस्य तथा क्याम्पसका संस्थापक अध्यक्ष आत्माकृष्ण श्रेष्ठकी पत्नी समाजसेवी तथा शिक्षाप्रेमी दिवंगत रुपा श्रेष्ठको स्मृतिमा फाउण्डेसनले पुस्तकालय निर्माण गरेको क्याम्पस प्रमुख केसीले बताउनुभयो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij