अनिल चन्द्र श्रेष्ठ
धेरै वर्षपछि कालिञ्चोक युवा क्लव दोलखाको आयोजनामा KYC-द्वाल्खा साङ्गीतिक साँझ हुन गैरहेको थियो । कार्यक्रमलाई भव्य–ऐतिहासिक बनाउने उद्देश्यले क्लवले युगपुरुष सत्यमोहन जोशीको आतिथ्यतामा सम्पन्न गर्ने निर्णय ग-यो । आतिथ्यतालाई खुशीसाथ स्वीकार्दै जोशी समारोहमा सामेल हुनुभयो ।

दोलखाली नेवारी बाजागाजाका साथ गेटबाटै युगपुरुषलाई स्वागत गर्न पाउँदा सबै मख्ख देखिन्थे । केहीक्षण युगपुरुषसँग फोटोखिच्नेको लर्काे नै देखियो । ललितपुर, पुल्चोकस्थित याक प्यालेसमा सम्पन्न कार्यक्रममा नेवारी परिकारको स्वाद लिंदै दोलखाली नेवारी सङ्गीतका साथ नृत्य हेर्न मानिसहरुको भीड नै लागेको थियो ।
कार्यक्रममै त्रिलोचन प्रधानद्वारा रचित दोलखाली नेवारी शब्दले भरिएको साङ्गीतिक एल्बम स्याउदाइ–२ को भव्य लोकार्पण साथै दोलखालाई योगदान पुर्याउने व्यक्तित्वहरु युगपुरुषबाट सम्मानित हुन पाउँदा दङ्ग देखिन्थे । धेरैवर्ष पछि नै भएपछि क्लवले युगपुरुषको आतिथ्यतामा एउटा भव्य–सभ्य–ऐतिहासिक-दुर्लभ समारोह सम्पन्न गर्दै दीघदीगन्त क्लवको गरिमा र महत्तालाई उचाई दिलायो । युगपुरुषको आतिथ्यताले क्लवलाई अझ जीवन्त र सशक्त बनाउन समेत सफल भयो ।

केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij