कृष्णाको आवाजले बस्ती गुञ्जन्थ्यो त्यतिबेला, गाउँ ब्युँझन्थ्यो जतिबेला त्यो पुरानो फिलिपस् रेडियोमा ‘यो रेडियो नेपाल अब कृष्णा ताम्राकारबाट समाचार सुन्नुहोस्.. ’ समाचार चित्तबुझ्दो या सुन्न लायकको होस् या नहोस् त्यो मतलब थिएन तर तिनको आवाज सुन्दा क्रान्ति पनि शान्तिमा बदलिएको आभास हुन्थ्यो । जस्तै विपदको समाचार कर्णकुञ्जमा गुञ्जेपनि सारा विपद हटेर आनन्दको महशुस हुन्थ्यो ।
एकपटक होटल यलो प्यागोडको कार्यक्रममा उनीसंग भेट्ने सौभाग्य मिलेको थियो । मैले आफ्नो परिचय छिटफुटे साहित्यप्रेमीको रुपमा दिएको थिएँ । उनले दोलखाको मान्छेको स्वभाव र बोलीको बारेमा खुलेर प्रशंसा गरेकी थिइन् । दोलखाका कलाकार, साहित्यकारहरू सबैमा सौहार्दपन व्यक्त गरेकी थिइन् । समयले साथ दिए मैले उनीसंग भलाकुसारी गर्ने सोच व्यक्त गर्दा खुलेर स्वागत गरेकी थिइन् तर दुर्भाग्य उनीसंग भेट्न अवसर जुरेन ।
उक्त कार्यक्रममा उनले रेडियो नेपालको व्यवस्थापन प्रति तिक्तता व्यक्त गरेकी थिइन्, त्यो के भने रेडियो नेपालमा लाखौँले प्रवेश गरे, स्वर परीक्षण गरे, कोही गायक बने, कोही प्रस्तोता बने, व्यवस्थापक बने सबैमा कुनै न कुनै स्वार्थ गाँसिएको हुन्थ्यो र कुनै न कुनै तरिकाले बढुवा पनि हुँदैगए, तर तिनले त्यो प्रवृत्तितिर पटक्कै मन गरिन, किनकि हरेकको मुखबाट तिनले आफ्नो आवाजको प्रशंसा पाउँथेँ त्यो नै उनको लागि अतुलनीय सम्मान थियो । तथापि आपूmलाई रेडियो नेपाल जस्तो लोकप्रिय संस्थाले सत्य मूल्यांकन नगरएको हो या गर्न नजानेको हो त्यो बुझि नसक्नु थियो भनेर गुनासो व्यक्त गरेकी थिइन् ।
रेडियो नेपालमा काम गर्ने क्रममा कृष्णा ताम्राकारको आवाजलाई नेपाली जनता मात्र होइन तत्कालीन राजा विरेन्द्रले पनि खुलेर प्रशंसा गरेको पाइन्छ । त्यस्तै दार्जिलिङ खरसाङका रेडियोकर्मीले त काठमाडौँ नै आएर भेटेकोमा आपूmलाई भाग्यमानी नै ठान्ने गर्थिन् । समकालीन रेडियोकर्मी समाचार वाचक दुगाँनाथ शर्मा र प्रवीण्गिरीको पनि आवाज र शैलीले आपूm प्रभावित भएको कुरा बताउँथिन् ।
काभ्रेमा जन्मेकी कृष्णा ताम्राकारको बोलीको साथै सरल र निडर स्वभावकी धनी थिइन् । तर कसैसंग खुशामद गर्ने बानी उनको थिएन । पछिल्लो चरणमा आँखाको नानी दान गर्ने कार्यक्रम रेडियोबाटै सञ्चालन गरेर दानपारमिताको लागि प्रेरणाका आवाज फैलाएकी कृष्णा ताम्रकारले यो धर्ती त्यागेर गएपनि उनका देन र लगनशीलतालाई हामीले सम्झन भूल्न हुँदैन ।
दिवंगत आत्माले चीर शान्ति प्राप्त गरुन् भनी हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछौँ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij