१२वैशाख बाँपीझ्याला काठमाण्डौँ । मिति २०८०साल बैशाख १२ गते मंगलबार वैशाखशुक्ल चौथी तिथी बिहान १० / १४ बजेसम्म त्यसपछि पंचमी तिथी आरम्भ आर्द्रा नक्षत्र जगदगुरु श्रीरामानुज स्वामी महाराजको जयन्ती उत्सव भएकोले हामीहरुले उहाँको बारेमा बुझ्नु जरुरि छ।रामानुजाचार्य विशिष्टाद्वैत वेदान्तका प्रवर्तक हुनुहुन्थ्यो ।
उहाँ श्रीवैष्णव हुनुहुन्थो।उहाँको भक्ति परम्परामा धेरै प्रभाव रहेकोछ।वैष्णव आचार्यहरूमा प्रमुख रामानुजाचार्यको शिष्य परम्परामा नै रामानन्द भएका हुन् जसका शिष्य सन्त कबीर र सूरदास थिए।तद्अतिरिक्त कुलशेखर आलवार रामानुजका एक महत्व पूर्ण शिष्य थिए ।
रामानुजले वेदान्त दर्शनमा आधारित आफ्नो नयाँ दर्शन विशिष्टा द्वैत वेदान्त लेख्नु भएको थियो।रामानुजाचार्यले वेदान्तको अतिरिक्त सातौं – दशौं शताब्दीका रहस्यवादी एवं भक्तिमार्गी आलवार सन्तसित भक्तिको दर्शनलाई तथा नारादीय पन्चरात्र परम्परालाई आफ्ना आधार बनाउनु भएको थियो।
ई.सन् . १०१७ औ बर्षमा दक्षिण भारतको तमिल नाडु राज्यको पेरम्बदुरू भन्ने ठाउँको तिरुकुदुरु भन्ने गाँउमा उहाँको जन्म भएको थियो।विशिष्टाद्वैत वेदान्तका प्रवर्तक तथा हिन्दू धर्म अन्तर्गत श्रीसम्प्रदायका आचार्य हुनुहन्थ्यो। उहाँको भक्तिमा परम्पराको धेरै प्रभाव रहेको छ ।उहाँ वेदान्त दर्शनमा आधारित विशिष्टाद्वैतका प्रवर्तक हो। उपनिषद, भगवदगीता र ब्रह्मसूत्रको आदि शंकराचार्यको अद्वैतपरक व्याख्यालाई प्रतिपादको रूपमा रामानुजले विशिष्टाद्वैतको प्रतिपादन गर्नु भएको थियो।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij