Sep 30 2026 | २०८३, आश्विन १४ गते

Sep 30 2026 | २०८३, आश्विन १४ गते

भीमेश्वर नगरपालीका वडा नं. २ गुर्कोट टोल दोलखा निवासी दिवंगत कृष्णकुमारी प्रधानको आज तेहौं दिन

भीमेश्वर नगरपालीका वडा नं. २ गुर्कोट टोल दोलखा निवासी दिवंगत कृष्णकुमारी प्रधानको आज तेहौं दिन

दोलखा जिल्ला भीमेश्वर नगरपालीका वडा नं. २ गुर्कोट निवासी दिवंगत ज्ञानबहादुर प्रधानको श्रीमती कृष्णकुमारी प्रधान (ठूलीकान्छी प्रधान) दिवंगत भएको आज तेहौं दिन भएको छ । ९० बर्षको उमेरमा यही अषाढ ६ गते बुधबार दिवंगत हुनु भएको कृष्ण कुमारी प्रधानको आत्माको चिरशान्तीको कामना गर्दै आज काठमाण्डौं बसुन्धरा क्रियापुत्री घरमा १३ औं दिनको पुन्यतिथीको सस्मरणमा पितृपूजा गरिने पारिवारीक श्रोत बाट थाहा भएको छ ।

दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै यस दुखद् घडीमा आफ्नो परिवारलाई सान्त्वना दिर्दै समवेदना व्यक्त गर्नु हुने सम्पूर्ण दाजुभाई दिदीबहीनीक्त आफन्तजन, नातागोता, ईष्टमित्र, राजनितीक व्यक्तित्व, शुभेच्छुक र शुभचिन्तक महानुभावहरुलाई परिवारको तर्फबाट हार्दिक कृतज्ञता प्रकट गर्दै आभार व्यक्त गरिएको छ ।

साथै आज १३ औं दिनको पुन्यतिथीमा सम्वन्धीत सवै महानुभावहरु दिउँसो २ः३० बजे देखि ६ बजेसम्म उपस्थित भई प्रसाद ग्रहण गर्न छोराहरु रामजी प्रधान, श्यामजी प्रधान र कृष्णजी प्रधान लगायत सम्पूर्ण परिवारको तर्फबाट आग्रह सहित अनुरोध गर्नु भएको छ ।

१३ औं दिनको पुन्यतिथीमा बाँपीझ्याला मिडियाको तर्फबाट दिवंगत आत्माको चिरशान्तीको कामना गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार