
नेपाल सम्वत् ११४४, ञलाथ्वः १५ (२ असोज, २०८१), बुधबार, बाँपीझ्याला । नेपाली कांग्रेसका संस्थापक एवं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २७ औँ स्मृति दिवस मनाइएको छ । दिवसको अवसरमा बुधबार बिहान शोभाभगवतीमा अवस्थित गणेशमान सिंहको शालिकमा माल्यार्पण गरिएको छ ।
उपप्रधान एवं शहरी विकास मन्त्री सिंह पुत्र प्रकाशमान सिंहले नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्वर्गीय सिंहको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे । उनले नागरिकलाई अधिकार सम्पन्न सिंहले १५ वर्ष भन्दा बलामो जेल जीवन बिताएको र कसैसँग सम्झौता नगरेको बताए ।
‘नेपालमा प्रजातन्त्र स्थापना गर्नका लागि र प्रजातन्त्र स्थापनापछि तत्कालिन राजाले कू गरेपछि प्रजातन्त्र पुन:स्थापनाका लागि नेतृत्व गरेको नेताका रुपमा हामी गणेशमान सिंहलाई सम्झन्छौं,’ उपप्रधानमन्त्री सिंहले भने,‘ ६ दशकभन्दा लामो सक्रिय राजनीतिमा उहाँले राणा र पञ्चायतका बेला १५ वर्ष जेल र अर्को १५ वर्ष निजर्वासनमा बिताए । यसबाट देशमा जनतालाई सार्वभौमसत्तासम्पन बनाउन, अधिकारसम्पन्न बनाउन उहाँको प्रतिवद्धता र समर्पण कति थियो भनेर हामी भन्न सक्छौं ।’
१९९७ सालदेखि नै राणा शासन अन्त्यका लागि प्रजा परिषद्को सदस्यका रुपमा सक्रिय रहेका सिंहलाई २०४६ सालको जनआन्दोलन सफल भएपछि प्रधानमन्त्री बन्न प्रस्ताव गरेपनि अस्विकार गरेको थिए । उनले अहिले राजनीतिमा कुर्सीको होड चलिरहेपनि गणेशमान सिंहले आफूलाई नभई देश र जनतालाई केन्द्रमा राखेर राजनीति गरेको पाठ गणेशमानको जीवनीबाट सिक्न सकिने बताए ।

प्रजातन्त्र पुन:स्थानापछि सिंहले कांग्रेस नेतृत्वकै सरकारलाई पनि खबरदारी गरेको स्मरण गरे । ‘०४६ पछि प्रजातन्त्र पुन:स्थापना सबैको प्रयासले भएको हो । त्यसैले सबैलाई समावेश गर्नुपर्छ । कुनै विशेष वर्षलाई मात्र होइन ४ जात ३६ वर्षको नेपाल हो । नीति निर्माण गर्ने थलो देखि राजनीतिक नियुक्तिमा सम्म राज्यका निकायहरूमा अवसर नपाएकाहरूलाई समावेश गर्नुपर्छ भनेर समावेशीताको कुरालाई त्यतिबेलै जोड दिनुभएको कुरालाई हामीले ख्याल गर्नुपर्छ ।’
विसं १९७२ कात्तिक २४ गते काठमाडौँको क्षेत्रपाटीस्थित चाक्सीबारीमा जन्मिएका नेता सिंहको निधन २०५४ साल असोज २ गते भएको हो । काठमाडौँको खानदानी परिवारमा जन्मिएका सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक पार्टी प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा आफूलाई सक्रिय बनाएका थिए ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij