यस धर्तीमा अवतरण भईसकेपछी पुनः एक दिन दिवंगत (मृत्यूवरण) भई धर्तीबाट विदाभई महाप्रस्थान गर्नु पर्दछ । यो तितो सत्य यर्थात यही धु्रब सत्य हो । तर, त्यस्तो थोरै मानिस मात्र हुन्छन् जस्ले समुह समूदायका लागि गरेको अमूल्य योगदानको कारण समाजको सदस्यहरुले उस्लाई सस्मरण गरि रहन्छन् । उ सदाका लागि अमर रहन्छ, भौतिक शरीर वीना पनि समाजमा उ वाँची नै रहेको हुन्छ । यस्तो थोरै व्यक्तिहरु मध्ये मेलुङ गाउँपालिका वडा नं. ७, सित्तली निवासी टुकी वेणु वहादुर कार्की हुन् ।
वि.सं. १९९३ बैशाख ७ गते अवतरण हुनु भै यही २०८१ माघ २२ गते दिवंगत हुनु भएका कार्की समुदायको उन्नतीका खातिर एक कर्तब्यनिष्ठ, लगनशिल, मेहनती टुकीको रुपमा जीवनभर नै लागि परिरहनु भयो । वहाँको सम्मानमा संघमा यही २०८१ माघ २६ गते शनिवारका दिन अध्यक्ष मकरध्वज पाख्रिनको अध्यक्षतामा एक श्रद्धान्जली कार्यक्रमको आयोजना गरियो ।
नेपालमा ग्रामीण विकासको सफल नमुनाको रुपमा रहेको टुकी अवधारणाको लामो अभ्यास पछि वाहाँ लगायत अगुवा किसान अथवा टुकीहरुले आफ्नै संस्था चाहिने आवश्यकता महसुुस गरे ।
यसै क्रममा दोलखाका वहाँ र वहाँको सहकर्मी उत्साही टुकीहरुले जिल्लामा रहेका टुकी किसानहरुलाई समेटी वि.सं. २०४८ सालमा ग्रामीण विकास टुकी संघको स्थापना गरेका थिए । यही संस्था दोलखामा टुकी किसानहरुको साझा मञ्चको रुपमा विकास हुँदै आएको छ । यसकारण ग्रामीण विकास टुकी संघ स्थापना गर्नमा उहाँको अहं भूमिका रहेको थियो ।
ग्रामीण विकास टुकी संघको स्थापना २०४८ देखि २०४९ साल श्रावण ३० गतेसम्म वहाँ संस्थापक उपाध्यक्ष पदमा रही सेवा गर्नु भएको थियो । यसै गरी वि.सं. २०५६ साल पौष १० गतेदेखी २०५९ साल पौष २९ गतेसम्म अध्यक्ष पदमा रही संघ हाँक्नु भयो । वि.सं. २०५९ साल पौष ३० गतेदेखि २०६९ साल असोज १४ गतेसम्म कार्य समितिको २ कार्यकालमा सदस्य पदमा रहनु भएको थियो । त्यस पछि संघको सल्लाहकारको भूमिका निर्वाह गरिरहनु भयो ।
दोलखा जिल्लाको आफ्नो जन्मथलो त भै हाल्यो, अति दुर्गम मानिएको लामाबगर, गौरी शंकर, आलम्पु होस या पश्चिम तर्फको ताम्चेत दुधपोखरी, चारैतिरका समुदायका किसानहरुले आफ्नो कृषि र विकासको गुरुको रुपमा वहाँलाई आदर र सम्मान गर्थे ।
संघको स्थापना अघि टुकीहरु आफ्ना गाउँ टोलमा कुनैनकुनै काममा सम्वद्व भए पनि आफ्नै संस्था बने पछि आम टुकीहरु यही संस्थामा सम्लग्न रहेका छन् । त्यस समयमा जिल्लाका अधिकांश गाउँबस्तीहरुमा उन्नतजातका तरकारीका बीउ, फलफूलका विरुवा, कुखुरापालन, स्वास्थ्य र पोषणसंग सम्बन्धित कार्यमा उल्लेख्य योगदान रहेको थियो ।
त्यस बेला नर्सरी तयार गर्न सिप र प्रविधि हस्तान्तरण गर्ने, पोषण युक्त खाना पर्छ, छोरीलाई पनि शिक्षा दिनुपर्छ, स्वास्थ्य संस्थामा उपचारका साथै सरसफाईमा ध्यान दिनुपर्ने भन्दै अभियान सञ्चालनका साथै जनकेन्द्रित विकासको अभियानलाई अवलम्वन गर्दै जिल्लामा एकिकृत सामुदायिक विकासका क्रियाकलापहरु सञ्चालनमा उहाँको भूमिका र योगदान स्मरणीय रहेकोे छ ।
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij