Oct 01 2026 | २०८३, आश्विन १५ गते

Oct 01 2026 | २०८३, आश्विन १५ गते

नैनीतालको  भीमेश्वर महादेव मन्दिर

नैनीतालको  भीमेश्वर महादेव मन्दिर

एकताका निकै तताएको भीमसेनको तरवार बारे गोरखापत्रका निमित्त कार्यकारी सम्पादक केदार वाशिष्ठले शैलुङको भ्रमण पछि  आफ्नो लेख “ओ शैलुङ ! आहा आमायाङरी !” (गोरखापत्र २४ माघ २०८२,) मा यस्तो लेख्नु भएको पाएँ – “अलि माथि गएपछि भीमसेनको तरबार रहेछ तर चिन्नै मुस्किल । ढुङ्गामा तरबारको जस्तो देखिने चिनो, एउटा मिथक मात्र” । शैलुङका पक्षधर एकजनाले मलाई भेट्ना साथ आफ्नो भित्रि रिस पोखी हाले – भीमसेन अरु ठाउँमा पनि छ नि, त्यसै दोल्खेहरु... । मैले उसलाई एक टुक भद्र जवाफ दिएको थिएँ – “....तर भिमेस्वरचै दोलखा शहरमा मात्र छ । भीमसेन र भिमेस्वर बीचको भेद थाहा नपाउनेले मात्र त्यसो भन्छन” ।


उसलाई भन्नु त भनें तर मेरो मनमा चै खुल्दुली भइनैरह्यो–के साँच्चै मैले भने जस्तो भिमेस्वर मन्दिर दोलखामा मात्र छ त ?  यही जिज्ञासाको उत्तर खोज्ने क्रममा  मैले नेपालमा त भिमेस्वर मन्दिर अन्त कतै भएको जानकारी पाइन् तर भारतका भने ३/४ राज्यमा सो नाममा मन्दिर भएको ज्ञात भयो । तर नामको हिसाबले मात्र नभएर प्रकृतिको हिसावले पनि अलिकति मिल्ने चाही उत्तराखण्डको भिमताल क्षेत्रमा रहेको भीमेस्वर महादेव मन्दिर भयको ज्ञात भयो । “एक शिला तीन अवतार” को रुपमा पूजिने दोलखाका भीमेस्वर लाई ‘श्रीश्रीश्री’ सम्बोधन गरिन्छ भने महादेवको रुपमा मात्र पूजिने भीमतालको भीमेश्वर लाई ‘श्री’ मात्र सम्बोधन गरिएको पाइयो ।  


भीमेश्वर महादेव मन्दिर उत्तराखण्डको नैनीताल जिल्लामा अवस्थित छ ।  द्वापर युगमा पाण्डव त्यहाँ गुप्त बास आएका थिए । किम्बदन्ती अनुसार यहाँ आइपुग्दा द्रोपदी लाई अति प्यास लाग्यो । त्यो देखेर पाण्डवहरू मध्ये शक्तिशाली भीमले आफ्नो गदाले जमिनमा प्रहार गर्यो जसबाट पानीको फोहरा निस्केर एक ताल बन्यो । सोही ताल लाई भीमसेनको नाम बाट भीम ताल भन्न थालियो ।  


वनवासको समयमा एक पटक भीम हिमालय पर्वत शृङ्खलाको आरोहण गर्दै थिए । अचानक बाटोमा आकाशवाणी बाट दिव्य आवाज सुनियो –“हे भीम, यदि तिमी आफु लाई पुस्तौं सम्म सम्झोस् भन्ने चाहन्छौ भने पूर्ण भक्तिका साथ शिव मन्दिर निर्माण गर”। उनी सच्चा शिवभक्त थिए, त्यसैले उनले भीम तालको किनारामा नै भगवान शिवको मन्दिर बनाएर शिवलिङ्गको स्थापना गरे । उनले निर्माण गरेको महादेव मन्दिर भएकोलेनै भीमेश्वर महादेव मन्दिर भन्न थालियो ।  


भनिन्छ यो शिवलिङ्गको मौलिक मूर्ति ढुंगाको थियो, पछि जिर्णोद्धार क्रममा मात्र तामाले मोडिएको हो । पछि कुमाऊँका चन्द वंशका राजा बाज बहादुरले १७औँ शताब्दीको आसपास यो मन्दिर जिर्णोद्धार गराएका  थिए । यो मन्दिरमा शिवरात्रिको बेला ठूलो मेला लाग्छ । भीमेश्वरले भक्तजनको सबै मनोकामना पूरा गरिदिन्छ भन्ने बिस्वासले गर्दा मानिसहरु टाढा टाढा बाट दर्शन गर्न आउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार