
हिलाले बाजा छुनै हुन्न भन्ने सामाजिक अन्धविश्वास चिर्दै धिमे बाजा बजाउन सिकेकी इन्दिरा लाछिमस्यू नेपालकै पहिलो धिमे बाजा बजाउने महिलाका रूपमा चिनिनुहुन्छ । करिब २९ वर्षअघि धिमे बाजा बजाउन सिकेर टोल टोलमा हुने जात्राहरूमा पुरुषसँग तालमा ताल मिलाएर हिँड्दा बुढापाकाले लौ न के देख्नु परेको’ भनेर टिप्पणी गरेको उहाँको स्मरणमा अझै ताजा छ ।
त्यसयता समय र सामाजिक सोचमा धेरै परिवर्तन आइसकेको छ । हाल उहाँकै प्रेरणाबाट धेरै महिला परम्परागत नेवारी बाजा बजाउने भइसकेका छन् । कुनै पनि सभा, समारोह र चाडपर्वमा पुरुषभन्दा अग्रपङ्क्तिमा महिला शोभायमान रूपमा वाद्यवादक बोकेर रहने गरेका छन् ।
भक्तपुर नगरपालिका–५, आदर्शमा जन्मिएकी कलाकार लाछिमस्यूको घरमा धिमे बाजाको प्रशिक्षण लिन छात्रहरू मात्र आउँथे । उहाँका हजुरबुवा रत्नलाल लाछिमस्यू र बुवा पञ्चलाल लाछिमस्यू दुवै धिमे बाजाका गुरु (प्रशिक्षक) नै हुनुहुन्थ्यो । अन्य गुरु पनि त्यहीँ आएर विद्यार्थीलाई सिकाउनुहुन्थ्यो । उहाँको घर एक किसिमको पाठशाला जस्तै थियो । छोरी भएकै कारण उहाँलाई सिक्ने अवसर मिलेको थिएन । तर जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ करिब ११÷१२ वर्षका उहाँले धिमे सिकाउने कोठाबाहिरै बसेर बाजाको तालको बोल कण्ठ पार्न थाल्नुभयो ।

उहाँले बुवासँग आफ्नो पनि धिमे बजाउने रहर व्यक्त गर्दा गुरुको आज्ञा चाहिने बताउनुभयो । त्यति बेला उहाँको घरमा धिमे बाजाका गुरुद्वय गणेशबहादुर सिड र जर्मन गुरु डा. गेडत वाग्नर धिमे सिकाउन आउनुहुन्थ्यो । बुवाको सहमति पाएपछि निकै उत्साहका साथ गुरु र प्रशिक्षार्थी आउनुअगावै कोठाभित्र पसेर धिमे बजाउन थाल्नुभयो । एक दिन धिमे ठिक तालमा बजाइरहेको देखेर गुरु वाग्नर छक्क पर्नुभयो ।
गुरुले खुसी हुँदै तिमी पनि आजैदेखि सिक्नू भनेर हौसला दिनुभएको उहाँ स्मरण गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, “छ महिनाको तालिमपछि टोलका विभिन्न देवताको मन्दिरमा गएर बाजा बजाउने, पूजा प्रार्थना गरेर तालिम समापन गर्ने परम्परा अनुसार म र सँगै तालिम लिएका समूह बाजा बजाउँदै घुम्दा टोलभरिका मानिस भेला भएर हेर्थे । त्यही भिडमा जम्मा भएका कतिपयले महिलाले धिमे बजाएको हेर्नु हुन्न, यो के देख्नु प¥यो’ भन्थे ।



टोलमा आफ्नोबारेमा नकारात्मक टीकाटिप्पणी सुन्दा मलाई यो काम छोडूँ छोडूँ लागेर बुवालाई अबदेखि धिमे नबजाउने निर्णय सुनाएँ ।’’ तर उहाँका बुवाले बाजा बजाउन नछाड्न र अन्य दिदीबहिनीलाई पनि सिकाउन प्रेरित गर्नुुभयो । उहाँ त्यसबाट हौसिनुभयो । अन्यले उहाँकोे सिको गरे । उहाँ ।।।रोल मोडल’ जस्तै हुनुभयो । उहाँ भन्नुहुन्छ, “आफ्नो रहरलाई पछ्याउँदा र बुवाको हौसलाबाट नेपालको पहिलो महिला धिमेवादक बन्न सफल भएकी हुँ ।” उहाँको परिचय अहिले “धिमे मैचा” भएको छ ।
लाछिमस्यू धिमे बाजाका साथै नौ बाजा (करखिङ, पास्टत, नायोखिँ, वखिं, नगरा, ढलक र धाँचा) पनि बजाउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “महिलाले सबै किसिमका बाजा बजाउन सक्छन् तर परम्परागत बाजालाई व्यावसायिक दृष्टिले प्रवर्धन गर्न नसक्दा तालिम लिएका महिलाले यो सिपलाई निरन्तरता दिन सकेका छैनन् ।”
केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij