
२६ चैत्र, बाँपिझ्याला, दोलखा । हरेक वर्ष चैत्र महिनाको शुक्लपक्ष सप्तमी, अष्टमी र नवमी गरी तीन दिन दोलखा भीमेश्वरमा चैत दशैं र रामनवमी पर्व आ–आफ्नो विधिअनुसार पूजा पाठ गरी मनाईने परम्परा रही आएको छ । यसै गरी प्रत्येक चैत्र दशै पर्वमा भीमेश्वरको वडा दशैँ गुठी पालो पर्ने गुठीयारबाट दोलखा भीमेश्वर गुठी व्यवस्थापन समितिको आर्थिक सहयोगमा गुठी संचालन गर्ने चलन छ । फुलपाती, महाअष्टमी, नवमी साविक बमोजिम बडा दशैंमा जसरी मनाइन्छ ।



चैत्र शुक्लपक्ष सप्तमीका दिन राजकुलेश्वर राजकुलबाट भीमेश्वर मन्दिरमा बाजागाजा सहित निमन्त्रणा पूजा हुन्छ । यसै गरी चैत्रशुक्ल अष्टमीको दिन भीमेश्वर मन्दिरमा गुठीबाट गुठीयारले बलीपूजाको सुरुवात गरिन्छ र दोलखा आसपास र छिमेकी जिल्लाहरु लगायत अन्य जिल्लाहरुबाट भक्तजन दर्शनार्थीहरु आएर भाकल अनुसारको पञ्चबली पूजा लगायत अन्य पूजा गर्ने गर्दछन् ।
यसैदिन दोलखाको अन्य देवस्थानहरुमा पनि दशैको जस्तै पूजा आजा गरिन्छ । चैत्र दशैमा भीमेश्वर गुठीबाट भीमेश्वर मन्दिरमा र त्रिपुरासुन्दरीमा मात्र कालरात्री (चैत्र शुक्लपक्ष अष्टमी) को मध्यरातमा राँगो बली पूजा हुन्छ । महानवमीको दिन ब्रत वसेर भीमेश्वर मन्दिरमा भगवतीको आराधना गरेर बत्ती बाल्ने चलन पनि रहेको छ ।

बडा दशैंकै रुपमा यो पर्व पनि धुमधामका साथ मनाउछन् । भीमेश्वर स्थानमा चतुर्थी पूजा नगरुन्जेल दोलखामा जस्तो सुकै खेतीको समय होस हलो जोत्न हुदैन भन्ने परम्परा रही आएको छ ।
भीमेश्वर गुठी व्यवस्थापन समितीका अध्यक्ष भरत बहादुर श्रेष्ठबाट स्थानिय पुरोहितसँगको सल्लाह अनुसार बाँपीझ्याला डटकमलाई जानकारी प्राप्त भए अनुसार यस पाली चैत्र दशै (रामनवमी) गुठीमा तपसील अनुसारको तिथीमितीमा निम्न अनुसारको पूजा हुने जानकारी हुने सम्वन्धीत सम्पूर्ण आन्तरीक तथा बाह्य भक्तजन महानुभावहरुमा जानकारी गराउँन चाहन्छौं ।

| क्र.सं. | चैत्र दशैं र रामनवमी, पूजा कार्यतालिका विवरण |
| १. | २०८१ बैशाख ३ गते चैत्र शुक्तपक्ष सप्तमी भीमेश्वरमा फूलपाती तथा भीमेश्वरको गुठी अन्तर्गत निमन्त्रणा पूजा राजकुलेश्वर तलेजु मन्दिरबाट । |
| २. | २०८१ बैशाख ४ गते चैत्र शुक्तपक्ष अष्टमी भीमेश्वर मन्दिर भाकल भएकाहरुको पञ्चवली पुजा लगायत अन्य बली पूजा र भीमेश्वर गुठी अन्तर्गत कालरात्री पूजा । |
| ३. | २०८१ बैशाख ५ गते चैत्र शुक्लपक्ष नवमी विहान १० बजे बली पूजा विसर्जन सहित बलीपूजा बन्द नवमीको व्रत शुभारम्भ |
| ४. | २०८१ बैशाख ७ गते चैत्र शुक्लपक्ष एकादशी भीमेश्वर गुठीबाट चतुर्थी पूजा पछि सर्वसाधारण दर्शनार्थीहरुको बली पूजा शुरु । |
पुनश्चः बैशाख ५ गते चैत्र शुक्तपक्ष नवमीका दिन देखि बैशाख ७ गते चतुर्थी पूजा नभए सम्म बली पूजा बन्द रहने व्यहोरा सम्वन्धीत सवैको जानकारीको लागि अनुरोध छ ।


केन्द्रिय कार्यालय
नागार्जुन न. पा.-१, काठमाडौ
सम्पर्क कार्यालय
भीमेश्वर नगरपालिका - २, दोलखा
प्रदेश नं. - ३
सम्पर्क न : ९८१००८८८७७
Email
bampijhyalanews@gmail.com
dolakhanews@gmail.com
info@bampijhyala.com
प्रकाशक
बाँपीझ्याला मिडीया प्रा.लि.
अध्यक्ष/ सम्पादक
उपेन्द्र प्रधान
सह-सम्पादक
अनील चन्द्र श्रेष्ठ
अजय प्रधान
सुनी प्रधान
© 2026 All right reserved to bampijhyala.com | Site By : Sobij